राष्ट्र बैंकले ३ अर्ब ८४ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले ३ अर्ब ८४ करोड मुद्दती निक्षेपमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका बैंकले ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती…

क्रिकेटका ६ राष्ट्रिय खेलाडी वर्ल्डलिंककाे ब्राण्ड एम्बेसडर

क्रिकेटका ६ राष्ट्रिय खेलाडी वर्ल्डलिंककाे ब्राण्ड एम्बेसडर नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनीले १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा उनीहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । नयाँ ब्राण्ड एम्बेसडर बनेका खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक…

पाँच अर्बभन्दा बढी बजेट फिर्ता

पाँच अर्बभन्दा बढी बजेट फिर्ता चालु आर्थिक वर्षका लागि खर्च नभएपछि विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार चालुभन्दा पुँजीगत शीर्षकको बजेट फिर्ता बढी छ । निकायगत रुपमा विष्लेषण गर्दा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को बजेट फिर्ता सबैभन्दा बढी छ । अर्थ मन्त्रालयका सूचना अधिकारी अम्बिकाप्रसाद खनालका अनुसार चालुतर्फ पाँच करोड ३४ लाख र पुँजीगततर्फ रु पाँच अर्ब तीन करोड ८१ लाख बराबर बजेट फिर्ता भएको छ । चालुतर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रु ९५ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु ३९…

ट्रेडमार्ककका विषयमा आउने विवादहरु समाधान हुनुपर्छ : ढकाल

ट्रेडमार्ककका विषयमा आउने विवादहरु समाधान हुनुपर्छ : ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बौद्धिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, उद्योग विभाग, प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले बौद्धिक सम्पत्ति (आइपी) बारे पर्याप्त ज्ञानको अभावले यसको संरक्षणमा चुनौती थपिएको धारणा राखे । अध्यक्ष ढकालले कतिपय अवस्थामा ट्रेडमार्ककका विषयमा विवादहरु आउने गरेकाले यसको समाधान हुनुपर्नेमा जोड दिए । यस्तै उनले ट्रेडमार्क तथा पेटेन्टका विषयमा पर्ने उजुरी र यसको सुनुवाइको प्रक्रियालाई सरल रहज र छिटो गर्नुपर्ने…

‘भाटभटेनी लुटपाटमा पक्राउ परेका कांग्रेस नेताका छाेरालाई किन त्यत्तिकै छाडियाे ?’

'भाटभटेनी लुटपाटमा पक्राउ परेका कांग्रेस नेताका छाेरालाई किन त्यत्तिकै छाडियाे ?' राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन गर्दै लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको बताए । ‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू ! भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ?’ सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् । ती कपडा लिएर जाने…

सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुक बन्द गर्ने चेतावनी

सात दिनभित्र नेपालमा दर्ता नभए फेसबुक बन्द गर्ने चेतावनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अब सात दिनभित्र दर्ता नभएमा नेपालमा फेसबुकमाथि प्रतिबन्ध लगाइने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले फेसबुक, ट्वीटरजस्ता कम्पनीले नेपाललाई हेपेको बताए । उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक-पटक सूचना जारी गरे पनि नमानेको जानकारी गराउँदै ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए । मन्त्री गुरुङले भने, ‘हामीले तीनपटक भन्यौं दर्ता हुन आऊ, कर तिर भनेर तर उनीहरूले टेरेनन् । फेसबुकले हाम्रो पैसा अवैध ढंगले लग्यो तर नेपालको कानुन मानेन । मेटालाई अब ७ दिनभन्दा बढी दिन्नौं । हामीले…

Read more about the article पाँचाैं दिन सेयर बजारमा झिनाे सुधार
?????????????????????????????????????????????????????????

पाँचाैं दिन सेयर बजारमा झिनाे सुधार

पाँचाैं दिन सेयर बजारमा झिनाे सुधार अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजारमा बिहीबार २.०७ अंककाे वृद्धि भएकाे छ । वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो । कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६,…

नेको इन्स्योरेन्सकाे लाभांश घोषणा

नेको इन्स्योरेन्सकाे लाभांश घोषणा नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । उक्त लाभांश बीमा प्राधिकरण तथा कम्पनीको साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४४ रुपैयाँ हाराहारीमा छ ।

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्य नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् । यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरु जस्तै : होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपनतर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो ।…

अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ?

अब कसरी अघि बढ्छ गभर्नर नियुक्ति प्रक्रिया ? नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएपछि अब नयाँ गभर्नर नियुक्तिको प्रक्रिया के हो भन्ने चासो बढेको छ । उनले १ महिनासम्म एउटा पनि बैठक बस्न नसकेको भन्दै राजीनामा दिएका हुन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा. विजयनाथ भट्टराईले राजीनामा दिएको बताए । अब उनको ठाउँमा अर्को सदस्य नियुक्ति गरेर नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले काम गर्ने उनले बताए । अर्थमन्त्री पौडेलले भने, ‘अब अर्को सदस्य समितिमा ल्याएर काम अगाडि बढ्ने छ । अर्को समिति बन्दैन । यही समितिमा एक जना…