१ हजार ५ सयको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

  • गभर्नर विश्वनाथ पौडेलले पदभार ग्रहण गरे।
  • उनले नयाँ नोट छपाइ गर्ने निर्ण गर्दै मौद्रिक नीति र वित्त नीति अलग रहेको बताए।
  • गुणाकर भट्टको राजीनामा आन्तरिक विषय भएको उनले बताए।

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा १ हजारका र पाँच सय र नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरे ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

१ हजार ५ सयको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय