विश्वनाथ पौडेल गभर्नर नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले पौडेललाई अठारौं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बसेको सिफारिस समितिको बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको हो ।
जस अनुसार पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई थिए । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् । भट्टराई पूर्व सचिव हुन् । उनी यसअघि प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालय, गृह मन्त्रालय लगायतमा कार्यरत थिए ।
पहिलो नम्बरमा रहेका पौडेललाई सरकारले गभर्नर नियुक्त गरेको हो ।