प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले यथाशीघ्र प्यान अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ । बैंकका अनुसार प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण प्रविष्ट गरिने भएकाले आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान हुन्छ ।जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टीप्रमाणपत्र र कर…