सहकारी पीडितकाे माग सम्बाेधन गर्न कार्यदल बनाउने सहमति
सहकारी पीडितकाे माग सम्बाेधन गर्न कार्यदल बनाउने सहमति आन्दोलनरत सहकारी पीडितहरूको माग सम्बोधन गर्न कार्यदल बनाउने सहमति भएकाे छ । सहमतिसँगै सहकारी पीडितको १०८ दिनदेखि रत्नपार्कमा जारी रिले अनशन तथा धर्ना स्थगित भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ताको तर्फबाट आन्दोलन गर्दै आएको बचतकर्ता संरक्षण राष्ट्रिय अभियानबीच सहमति भएको हो । सहकारी विभागका उप–रजिष्ट्रारको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने तय भएको छ । कार्यदलमा मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान, सहकारी विभागबाट शाखा अधिकृत तहको सदस्य–सचिव र प्रदेश र स्थानीय तहबाट एक/एक जना प्रतिनिधित्व रहने गरी कार्यदल गठन गरिने भएको…