कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान

कैलालीका ३० भन्दा बढी उद्याेगलाई अनुदान कैलाली जिल्लामा एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका ३० भन्दा बढी उद्योगलाई अनुदान प्रदान गरेिएकाे छ । घरेलु तथा साना उद्योग कार्यालयले आ ब २०८०/८१ मा जिल्लाका १० निर्वाचन क्षेत्रका उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हाे । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याएको बताइएकाे छ । प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० भन्दा माथि संचलानमा रहेका उद्योगलाई छनोट अनुदान दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको याे कार्यक्रमका लागि गत आ व मा एक करोड ५० लाखभन्दा बढी बजेट…

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ

अवैध लागु‌‌औषध काराेबार गर्ने पटेल पक्राउ बारा, पर्सा, रौतहटलगायत जिल्लामा अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक ब्यक्ति बारा प्रहरीको फ़न्दामा परेका छन् । लागुऔषधको कारोबार लगायत बिभिन्न मुद्दामा फरार रहेका रौतहट बिजयपुर–७ का २४ बर्षीय रामबिनयप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो । पटेल बिरुद्ध बिभिन्न जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले पटेललाई पक्राउ गर्न सफल भएको थिएन । इलाका प्रहरी कार्यालय निजगढका प्रहरीले पटेललाई बाराको निजगढ नगरपालिका–९ सहिद चोकबाट नियन्त्रण लिएको हाे । प्रहर असार १ मा निजगढ-७ घर भएका विकास रुम्बा २५० पिस लागुऔषध ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए । रुम्बाले पटेलसँग ट्याब्लेट किनेर निजगढका बिभिन्न…

पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने

पाँचाैं पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा हुने पाँचौं संस्करणको पूर्वाधार सम्मेलन आगामी २७-२८ भदौमा काठमाडौंमा हुने भएको छ । नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलन आयोजना गरेर यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए । रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको परिसंघले जनाएको छ । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने अग्रवालकाे भनाइ छ । कार्यक्रममा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद…

९१ देशसँग नेपालकाे व्यापार घाटा

९१ देशसँग नेपालकाे व्यापार घाटा चालु आर्थिक वर्षको पहिलो महिना विश्वका १०२ भन्दा बढी देशसँग व्यापार (आयात र निर्यात) गरेको नेपालले ९१ देशसँग घाटा बेहोरेको छ । व्यापार गरेको अधिकांश देशसँग घाटा बेहोरेको मुलुकले १२ वटा देशसँग मात्र केही नाफा गरेको हो । भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र निर्यात हुन सकेको हो । समीक्षा महिनामा वैदेशिक व्यापारतर्फ सरकारलाई खुद १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ घाटा लागेको छ । अघिल्लो वर्षको साउनमा आयात निर्यातमा सरकारलाई १…

टिकटककाे प्रतिबन्ध हटाउने सरकारकाे निर्णय

टिकटककाे प्रतिबन्ध हटाउने सरकारकाे निर्णय सरकारले टिकटक खुलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले बिहीबार टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय लिएकाे हाे । लगत्तै सम्बन्धित निकायलाई टिकटक खुला गराउन निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपि, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

संसदीय छानबिन विशेष समितिले बाेलायाे रवि लामिछानेलाई

संसदीय छानबिन विशेष समितिले बाेलायाे रवि लामिछानेलाई सहकारी संस्थाकाे रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । समिति सभापति सूर्य थापाका अनुसार लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो । समितिले लामिछानेलाई दिउँसो २ बजे बोलाएको छ । गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति छिट्टै : अर्थमन्त्री

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति छिट्टै : अर्थमन्त्री उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पानं) ले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् । उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे । उनले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे । उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए । अर्थमन्त्री पौडेलले जलविद्युतमा…

वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश

वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न यशोदा फुड्सलाई सर्वाेच्चकाे आदेश सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि सीजी फुड्स अदालत पुगेको थियो । अदालतले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो । सो आदेश विरुद्द यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्छ भन्ने भनाइसहित सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । यशोदा फुड्सद्वारा उत्पादीत…

विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नुपर्ने

विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र ल्याइसक्नुपर्ने नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी बैंकमा रहेको रकम स्वदेश फर्केकाे ३५ दिनभित्र ल्याउनुपर्ने बताएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ । तर, नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था भने रहेको छ । यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था…

सेयर बजारसँगै बढ्याे सेयर धिताे कर्जा

सेयर बजारसँगै बढ्याे सेयर धिताे कर्जा सेयर बजार उकालो लागेसँगै सेयर धितो कर्जाको ग्राफ पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तसम्म सेयर धितोकर्जामा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८.०६ प्रतिशतले बढी हो । २०८० असार मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा कूल ७६ अर्ब ३० करोड ८६ लाख रुपैयाँ प्रवाह भएको थियो । समीक्षा अवधिमा कूल प्रवाहित कर्जामध्ये सबैभन्दा बढी १ करोड रुपैयाँ भन्दा माथिको सेग्मेन्टमा ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ भने ५० लाखदेखि १ करोड रुपैयाँसम्मको…