यसपालि नयाँ हैन, सुकिला नाेट !
यसपालि नयाँ हैन, सुकिला नाेट ! राष्ट्र बैंकले यसपटकको दशैंको लागि नयाँ नाेट वितरण नगर्ने भएकाे छ । पुरानै सुकिला नाेट भने असोज १३ गतेदेखि साट्न पाइने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । असोज २२ गतेसम्म नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगन्ज र धनगढीको प्रादेशिक कार्यालयबाट नोट साट्न पाइनेछ । एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा.डिल्लिराम पोखरेलले बताए । यद्यपि आफ्नो खाता रहेको…