चार सरकारी उद्योग बेच्दै सरकार

सरकारले बन्द अवस्थामा रहेका चार सरकारी उद्योगहरू बिक्री गर्न प्रक्रिया अघि बढाएको छ ।

अर्थ मन्त्रालयले रुग्ण उद्योगहरूको सम्पत्ति मूल्याङ्कन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । उक्त प्रक्रियाका लागि मन्त्रालयले यसका लागि आशय पत्र मागेको छ ।

मन्त्रालयले पहिलो चरणमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्याङ्कन (भ्यालुयसन) का लागि परामर्शदाता नियुक्त गर्न प्रक्रिया थालनीको लागि आशय पत्र मागेको छ ।

यही असार २३ गतेसम्म जनकपुर चुरोटको सम्पत्ति मूल्याङ्कनको आशय पत्र पेस गर्ने भनिएको छ । यस्तै, असार २३ गते नै आशय पत्र खोल्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयले बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, नेपाल ओरियन्टको सम्पत्ति मूल्यांकनका लागि असार २७ गतेलाई आशय पत्र पेस गर्ने मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

चार सरकारी उद्योग बेच्दै सरकार