फुटबल सिजनमा सामसङकाे विशेष अफर

फुटबल सिजनमा सामसङकाे विशेष अफर विश्वव्यापी ब्रान्ड सामसङले फुटबल सिजनका लागि विशेष अफर ल्याएको छ । सामसङले नवीनतम टिभीहरूमा ३८% सम्म छुट प्रदान गर्दै छ । साथै यस अफरमा चयन गरिएका ठूला टिभी मोडलहरू खरिद गर्दा निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ । अन्य टिभीसँगै खरिद गरिएका साउन्ड बारहरूमा ५०% सम्म क्यासब्याकको अफर पनि छ । ग्राहकले १८ महिना अवधिका लागि ०% ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू पनि खरिद गर्न सक्नेछन । आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई arkostore.com मार्फत नयाँ सामसङ टिभीसँग साट्न एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३…

विश्व बैंक अन्तर्राष्ट्रिय विकास संघकाे २१औँ बैठक असार पहिलाे साता काठमाडाैंमा

विश्व बैंक अन्तर्राष्ट्रिय विकास संघकाे २१औँ बैठक असार पहिलाे साता काठमाडाैंमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) काे २१औँ बैठक नेपालमा हुँदैछ । आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । आइडिएको २१औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । उद्घाटन, बन्द सत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय…

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालन

ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालन ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ । ‘यो पहल ग्लोबल आइएमई…

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई पनि ग्राउन्ड ह्याण्डलिङकाे अनुमति’

'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई पनि ग्राउन्ड ह्याण्डलिङकाे अनुमति' संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङकाे अनुमति दिने बताएका छन् । हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले मात्रै कमर्सियल ग्राउन्ड ह्याण्डलिङकाे अनुमति पाएको छ । अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य एयरलायन्सहरुले पनि यस विमानस्थललाई सञ्चालन आधार बनाई नियमित उडान सेवा सुरु गरेमा त्यस्ताे अनुमति दिइने तामाङले बताएका छन् । अठोट नेपालले शनिबार नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री तामाङले सो कुरा बताएका हुन् । उनले वायुसेवा सञ्चालन संस्थालाई व्यावसायिक ग्राउन्ड ह्याण्डलिंग सेवा…

नबिल बैंकले जित्याे प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

नबिल बैंकले जित्याे प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिले अन्तर्राष्ट्रियस्तरमा मान्यता पाएको बताए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ’, सीईओ ढुंगानाले भने । उनले अवार्ड प्राप्तिमा…

सहकारी ठगी छानबिन समिति : एक महिनाभित्र कार्यविधि बनाउने निर्णय

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा आफ्नो काम सुरू गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार पहिलो बैठक बसेर समितिले काम थालेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएको संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए । थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगायतका विषयमा कुनै विवाद नरहेको जिकिर गरे । गत जेठ १५ गते सहकारीको बचत…

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी

असार १ बाट निर्माण सामग्री उत्पादन र बिक्री बन्द गर्ने चेतावनी देशभरका क्रसर, खानी तथा बालुवा उद्योगीले असार १ गतेबाट निर्माण सामग्री उत्पादन तथा बिक्री वितरण बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नभए देशभरका क्रसर, खानी तथा बालुवा उद्योगहरुको उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि बन्द गर्ने चेतावनी दिएको हो । ‘निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरु लामो समयदेखि नवीकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगले सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको हुँदा कर दस्तुर लिने व्यवस्था मिलाइ उद्योगहरु नवीकरण गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण…

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीको उक्त लाभांशमा १.०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ । नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपश्चात तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

५ महिनामै भित्रिए ५ लाख पर्यटक

५ महिनामै भित्रिए ५ लाख पर्यटक सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । जनवरीबाट मेसम्ममा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएका हुन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक आएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ । दोस्रोमा चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ । मे २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र…

जनकपुरमा श्रमाधान राेजगार मेला सुरु

जनकपुरमा श्रमाधान राेजगार मेला सुरु श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको शनिबार उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि ‍औंल्याए । 'कुनै पनि कार्यक्रम गर्नुको पछाडि उद्देश्य हुन्छ, त्यस्तै एउटा उद्देश्य बोकेर श्रमाधान रोजगार मेला सुरु गरिएको हो, स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्, एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो,' उनले भने । यो मेलाबाट अहिले नै…