५ महिनामै भित्रिए ५ लाख पर्यटक

सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ । जनवरीबाट मेसम्ममा ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएका हुन् ।
नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक आएका छन् । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएको छ । दोस्रोमा चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ ।
मे २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मेमा ३१, २०२१ मेमा १ हजार ५ सय ३१, २०२२ मेमा ५४ हजार ९३ र २०२३ मा मेमा ७७ हजार ७ सय ३ा पर्यटक नेपाल आएका थिए । २०२४ मा यो संख्या अझ बढेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ । नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ । सोहीकारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीयलाई पर्यटक मानिँदैन ।
सन् २०२४ काे जनवरीमा ७९,१००, फेब्रुअरीमा ९७,४२६, मार्चमा १,२८,१६७, अप्रिलमा १,११,३७६ र मेमा ९०,२११ पर्यटक नेपाल आएका छन् ।
पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा चिनियाँ छन् । पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन् । अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ ।
२०२४ मा बंगलादेशबाट कुल ३ हजार ४ सय ५८ जना नेपाल भ्रमणमा आएका छन् ।