नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा

सेयरधनीका लागि नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको बैठकले गत आर्थिक वर्षसम्मको संचित नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

हाल ८ अर्ब २० करोड ६९ लाख ६६ हजार ५५४ रुपैयाँ चुक्ता पूँजी छ । कम्पनीको उक्त लाभांशमा १.०५ प्रतिशत बराबर कर प्रयोजनमा जाने कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणबाट लाभांश स्वीकृत भएपश्चात तथा साधारणसभाबाट पारित भएपछि वितरण हुने कम्पनीले जनाएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १५.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा