देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थामा रहेको रकमको अंश ११४ प्रतिशतले ठूलो भएकाे छ । अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ छ । यो क (वाणिज्य बैंक), ख (विकास बैंक) र ग (फाइनान्स कम्पनी) वर्गका वित्तीय संस्थाको मात्र आँकडा हो । लघुवित्त, सहकारीलगायतका रकम यसमा गणना गरिएको छैन । ६१ खर्बको निक्षेप हुँदा चालु वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यो भनेको देशको अर्थतन्त्र भन्दा निक्षेप ११४ प्रतिशतले बढी छ । बैंकहरुले प्रवाह गर्ने ऋण अहिले ५१ खर्ब…

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोग नीतिकाे तयारी : मन्त्री शर्मा

दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोग नीतिकाे तयारी : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी गरिरहेको बताएकी छन् । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको दूरसञ्चार सम्मेलन उद्घाटन गर्दै मन्त्री शर्माले ऐन संशोधनमार्फत सहप्रयोगको नीति अघि सार्न थालिएको बताएकी हुन् । ‘दूरञ्चार क्षेत्रमा सुशासन स्थापित गर्दै पूर्वाधार विकासलाई मुख्य ध्यान दिएर दूरसञ्चार ऐन संशोधनको काम भइरहेको छ । दूरसञ्चार पूर्वाधारमा देखिएको दोहोरो तेहरो लगानीको अवस्थालाई अन्त्य गरी पूर्वाधार सहप्रयोगका नीति अघि सार्ने तयारी गरिएको छ’, मन्त्री शर्माले भननिन्, ‘यसबाट दूरसञ्चार पूर्वाधारमा लागत घट्ने…

घरजग्गा कर्जा अब आम्दानीकाे ७० प्रतिशतसम्म पाइने

घरजग्गा कर्जा अब आम्दानीकाे ७० प्रतिशतसम्म पाइने नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुस्त बनेको घरजग्गा कारोबारलाई गति दिन मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कर्जाको सीमा बढाएको छ । अबदेखि आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर सो कर्जा पाउनको लागि कर चुक्ताको प्रमाणपत्र हुनुपर्नेछ । घरजग्गा आवास संघका अध्यक्ष भेषराज लोहनीले केन्द्रीय बैंकले व्यक्तिको हकमा यो सुविधा दिएको तर घरजग्गा कारोबार गर्ने कम्पनीलाई सो राहत नदिएको बताए । घरजग्गा व्यवसायीले आम्दानीको ८० प्रतिशतसम्म ऋण पाउनुपर्ने माग गर्दै आएका थिए ।

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त नबिल बैंक लिमिटेको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही तीन दशक बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल…

तीनवटा सहकारीलाई समस्याग्रस्त घाेषणा गर्ने तयारी

तीनवटा सहकारीलाई समस्याग्रस्त घाेषणा गर्ने तयारी सहकारी विभागले समस्यामा रहेका तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणाका लागि प्रक्रिया अघि बढाएको छ । सहकारी बैंकका अध्यक्षसमेत रहेका केबी उप्रेतीको आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, इमान सिंह अध्यक्ष रहेको गोरखा सेभिङ एण्ड क्रेडिट र साहित्यकार तुलसी भट्टराई अध्यक्ष रहेको नेपाल वित्तीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा नगरिनुको कारणसहित विभागले स्पष्टीकरण सोधेको छ । विभाग स्रोतका अनुसार समस्याग्रस्त घोषणामा लैजानुअघि स्पष्टिकरण सोधेर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले स्पिष्टकरण सोधिएको हो । जेठ १५ गतेभित्र विभागमा स्पष्टिकरण बुझाउनु पर्नेछ । यी संस्थाविरुद्ध ज्यादा उजुरी पर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने सञ्चालकको पनि गतिलो आश्वासन नभएपछि समस्याग्रस्त घोषणाका लागि…

सिटिजन्स बैंक र दुषित प्रिन्सेसबीच छुट सम्झौता

सिटिजन्स बैंक र दुषित प्रिन्सेसबीच छुट सम्झौता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाटस्थित दुषित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा…

पाँच वर्षमा अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य

पाँच वर्षमा अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने १६ औं योजनाको लक्ष्य राष्ट्रिय योजना आयोगले निकै महत्त्वाकाङ्क्षी लक्ष्य सहित सोह्रौँ आवधिक योजना सार्वजनिक गरेको छ । यो योजनामा अबको पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने लक्ष्य लिइएको छ । मन्त्रिपरिषद् बैठकले मंगलबार १६ औँ योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको हो। यस्तै ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य सहित आएको १६ औ योजनाले आफ्नो लक्ष्य भेट्टाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ । झण्डै दोब्बर अर्थतन्त्र बनाउन सोही अनुसार आर्थिक गतिविधि बढ्नुपर्ने हुन्छ । सक्रिय उमेरको जनसंख्या उच्च हुनु, प्रत्यक्ष…

बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गरिँदै

बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गरिँदै नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्ने भएको छ । बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट गर्न विनियमावली बनिरहेको छ । विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई नेपाल राष्ट्र बैंकले स्पष्ट पार्न बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ जारी गर्न लागेको छ । यसको मस्यौदा तयार भइसकेको छ । सुझावका लागि मस्यौदा राखिएको छ । यसमा सम्पूर्ण, आंशिक र निश्चित खाता रोक्का हुनसक्ने गरी प्रस्ताव गरिएको छ । कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का…

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरिने

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरिने सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा मंगलबार पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमममा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायर बिस्तार गरिने योजना अघि सारिएको हो । नीति तथा कार्यक्रमको बुदाँ नम्बर १७२ मा भनिएको छ, ‘योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गरिनेछ । सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गरिनेछ । छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गरिनेछ । सामाजिक सुरक्षा कोष कर्मचारी सञ्चय…

प्राइम सहकारीकाे डेढ अर्ब हिनामिना, अध्यक्षसहित ८ जना पक्राउ

प्राइम सहकारीकाे डेढ अर्ब हिनामिना, अध्यक्षसहित ८ जना पक्राउ पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको पाइएकाे छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको हो । सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो । पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै सहकारीका अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ । सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख…