तीनवटा सहकारीलाई समस्याग्रस्त घाेषणा गर्ने तयारी

सहकारी विभागले समस्यामा रहेका तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणाका लागि प्रक्रिया अघि बढाएको छ ।

सहकारी बैंकका अध्यक्षसमेत रहेका केबी उप्रेतीको आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, इमान सिंह अध्यक्ष रहेको गोरखा सेभिङ एण्ड क्रेडिट र साहित्यकार तुलसी भट्टराई अध्यक्ष रहेको नेपाल वित्तीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा नगरिनुको कारणसहित विभागले स्पष्टीकरण सोधेको छ ।

विभाग स्रोतका अनुसार समस्याग्रस्त घोषणामा लैजानुअघि स्पष्टिकरण सोधेर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले स्पिष्टकरण सोधिएको हो । जेठ १५ गतेभित्र विभागमा स्पष्टिकरण बुझाउनु पर्नेछ ।

यी संस्थाविरुद्ध ज्यादा उजुरी पर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने सञ्चालकको पनि गतिलो आश्वासन नभएपछि समस्याग्रस्त घोषणाका लागि विभागले सहकारी मन्त्रालयमा प्रस्ताव गर्न लागेको हो ।

तीनवटै संस्थालाई बचतकर्ताको पैसा फिर्ता गर्न के-के गदैछन्, समस्याग्रस्त घोषण नगर्नुपर्ने कारण सहित लिखित स्पष्टिकरण मागिएको हो ।

विभाग स्रोतले यी तीन सहकारीको विषय सल्ट्याउनुपर्ने देखिएकाले समस्याग्रस्त सिफारिस गर्न लागेको जनाएको छ । ६ वटा संस्था गाभिएर बनेको आइडियल यमुनाले हालसम्म एकिकृत कारोबार गरेको विवरण नपठाएको सहकारी विभागले बताएको छ ।

विभाग स्रोतका अनुसार सहकारीमा समस्या किन आयो भनेर सञ्चालकलाई बोलाउँदा सो संस्थाका उपाध्यक्षमात्र उपस्थित भएको र अध्यक्ष उपचारका लागि बाहिर गएको जानकारी दिइएको थियो ।

अध्यक्ष उप्रेती लामो समय बाहिरै बसेपछि यता बचतकर्ताहरु भने सञ्चालक नै फरार भएको भन्दै उजुरी दिनेक्रम बढेको छ । आइडल यमुना मर्जरपछि यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेका थिए ।

तर, लामो समयदेखि सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन नसकेको गुनासो बढ्दै गएपछि विभागले समस्याग्रस्त घोषणाका लागि सिफारिस गर्न लागेको हो ।

यस्तै नेपाल वित्तिय सहकारी र गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा कूल बचत साढे ४ अर्ब रूपैयाँ रहेको छ भने ३ अर्ब रूपैयाँ ऋण लगानी रहेको छ ।

यी संस्थाहरुको वास्तविक तथ्यांक भने समस्याग्रस्त सिफारिस गर्नु अघि संकलन गरेर पठाइने विभागले बताएको छ । सामान्यतया विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेपछि सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

तीनवटा सहकारीलाई समस्याग्रस्त घाेषणा गर्ने तयारी