देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै

नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थामा रहेको रकमको अंश ११४ प्रतिशतले ठूलो भएकाे छ ।

अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ छ । यो क (वाणिज्य बैंक), ख (विकास बैंक) र ग (फाइनान्स कम्पनी) वर्गका वित्तीय संस्थाको मात्र आँकडा हो ।

लघुवित्त, सहकारीलगायतका रकम यसमा गणना गरिएको छैन । ६१ खर्बको निक्षेप हुँदा चालु वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यो भनेको देशको अर्थतन्त्र भन्दा निक्षेप ११४ प्रतिशतले बढी छ ।

बैंकहरुले प्रवाह गर्ने ऋण अहिले ५१ खर्ब बढी छ । बैंकहरुमा रहेको बचतमा ५८ प्रतिशत रकम मुद्दती निक्षेपमा छ । बचत खातामा २८.९३ प्रतिशत रकम र करेन्ट खातामा ५.३१ प्रतिशत छ भने कल डिपोजिट ६.५६ प्रतिशत छ ।

५ करोड ४७ लाख ४५ हजार ५ सय ८७ वटा बचत खाता छ भने १८ लाख ८६ हजार ऋण खाता छ । यस्तै २ करोड ४० लाख मोबाइल बैंकिङका प्रयोगकर्ता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै