राष्ट्र बैंकले ३ अर्ब ८४ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले ३ अर्ब ८४ करोड मुद्दती निक्षेपमा लगानी गर्ने नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गका बैंकले ५७ करोड ६५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती…