इसेवा होटल्स सुरु

इसेवा होटल्स सुरु इसेवाले सेवा विस्तारको क्रममा अर्काे महत्वपूर्ण सेवा– इसेवा होटल्स सुरु गरेकाे छ । इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरुले सजिलै होटल बुक गर्न सक्छन् । नेपालको ५४+ जिल्लाहरुका प्रमुख शहरहरुमा अवस्थित साना, मझौला तथा ठूला होटलहरु एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिंगको लागि एकदम लोकप्रिय बन्दै गएको छ । सहरी क्षेत्रमा रहेका तारे होटलहरु देखि लिएर ग्रामिण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरु छन्, जुन प्रयोगकर्ताहरुले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन् ।…

काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट

काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज ३३.४२ अंकले घटेर २ हजार ६८२ दशमलव २९ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ६ अर्ब १४ करोड ४० लाख ६५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा ४० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ : अध्यक्ष श्रेष्ठ नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।उनले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे । उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताए । श्रेष्ठले भने,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ ।…

मंगलबार पनि घट्याे नेप्से

मंगलबार पनि घट्याे नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ४ अर्ब ४१ करोड ३३ लाख २० हजारको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।

बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक

बीआरआइ कार्यान्वयन सम्झौतापत्र सार्वजनिक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआइ कार्यान्वयन सम्झौतापत्र परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ । पाँच बुँदे सम्झौतामा यसका पृष्ठभूमि, दुई देशबीचको पारम्परिक सम्बन्धको व्याख्यादेखि बीआरआईअन्तर्गतका परियोजनाहरुको कार्यान्वयनका बारेमा उल्लेख छ । बीआरआई परियोजना विशुद्ध आर्थिक विकास र उन्नतिका लागि केन्द्रित रहेको सम्झौताका बुँदाहरुबाट बुझ्न सकिन्छ । विभिन्न परियोजनाको छनोटदेखि कार्यान्वयनका विषयहरु विस्तृतमा समेटिएको सम्झौतामा १० वटा आयोजनाहरुको उल्लेख छ । बीआरआईअन्तर्गत ऋण नलिने भनेर नेपालमा बहस चलेकोमा सम्झौतामा ऋण उल्लेख छैन । आर्थिक सहायता, वित्तीय क्षेत्र सहायता, हिमालय सीमापार यातायात तथा कनेक्टिभिटी, व्यापार तथा औद्योगिक क्षेत्र र लगानीका क्षेत्रहरुबारे अलगअलग बुँदामा…

आयव्यय विवरण बुझाउने अवधि घटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

आयव्यय विवरण बुझाउने अवधि घटाउने निर्णय कार्यान्वयन नगर्न आदेश उच्च अदालत पाटनले आय विवरण पेश गर्ने म्याद थप गर्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । आन्तरिक राजस्व विभागले गरेको आयव्यय विवरण बुझाउने अवधि घटाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो । उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले यस्तो निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । निवेदनमा उठाइएका विषयवस्तुलाई दृष्टिगत गर्दा दुबै पक्षबीच छलफलपश्चात आदेश हुनु उपयुक्त हुने देखिएकाले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा छलफलको लागि आगामी पुस १ गतेको पेशी तोकी दुवै पक्षलाई…

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द भएको हो । आइतबार ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजारको कारोबार भएको छ । आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ को घट्यो । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोड २७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको…

बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ७० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ…

धेरै कर तिर्ने करदातालाई सम्मान

धेरै कर तिर्ने करदातालाई सम्मान नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ मा नेपाल सरकारबाट सम्मानित उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसमा कुल १६ (संस्था तथा व्यक्ति) लाई उच्च करदाताका रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई सरकारी लगानीका कम्पनी र १४ निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो । परिसंघ सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गरे । उनले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभई राज्यप्रतिको महत्त्वपूर्ण योगदान भएको बताए । योगदानको कदर गर्दै उत्पादनमूलक तथा सेवामूलक उद्योगको…

निर्माण याममै व्यवसायीले बढाए सिमेन्ट र रडकाे मूल्य

निर्माण याममै व्यवसायीले बढाए सिमेन्ट र रडकाे मूल्य हिउँद याम सरकारले पूँजीगत खर्च गर्ने र आम सर्वसाधारणले समेत आफ्नो निजी संरचना बनाउन थाल्ने समय हाे । निर्माणको यसै याममा निर्माण सामग्री उत्पादकले भने भाउ बढाएका छन् । नेपाल निर्माण सामग्री व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णराम न्यौपानेका अनुसार अहिले सिमेन्टमा औसत डेढ सय रुपैयाँ प्रतिबोरासम्म भाउ बढेको छ । रडमा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको छ । ‘दुई साता अगाडि ९६/९७ रुपैयाँमा बिक्री भइरहेको रडको भाउ अहिले प्रतिकिलो ११० रुपैयाँ पुगिसकेको छ,’ उनले भने । इँटा र गिट्टी–बालुवामा भने मूल्य स्थिर रहेको उनले बताए । अहिले काठमाडौंमा ए ग्रेडको इँटा १६/१७ रुपैयाँ…