मानव सेवा आश्रमलाई नबिल बैंककाे सहयोग

मानव सेवा आश्रमलाई नबिल बैंककाे सहयोग नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग गरेको छ । एक विशेष कार्यक्रमबीच गत मंगलबार काठमाडौंको बोहोराटार स्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा…

पोखरामा टीभीएसकाे शोरूम उद्घाटन

पोखरामा टीभीएसकाे शोरूम उद्घाटन स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । महानगर प्रमुख धनराज आचार्यले बुधबार रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् । स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ । पोखरामा टीभीएस उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका छन् ।

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्ने हेतुले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्षभन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिनाभित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले…

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

सेयर बजारमा दाेहाेराे अंककाे वृद्धि साताको पहिलो कारोबारका दिन शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब २९ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । दोहोरो अंकले परिसूचक बढे पनि मैलुङ खोला जलविद्युत कम्पनी, गुडविल फाइनान्स लिमिटेड, आइसीएफसी फाइनान्स र अपरसोलु हाइड्रो इलेक्ट्रिक कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक घाटा ब्यहोरेका छन् । गत साताको दोस्रो कारोबारपछि नेप्से निरन्तर बढिरहेको छ ।

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ । ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुमहरुमा असार २१ देखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरिएको हो । मेलामा सहभागी ग्राहकलाई आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ् सुविधाहरु उपलब्ध छन् । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा…

वालिङमा सिटिजन्स बैंककाे १९४औं शाखा विस्तार

वालिङमा सिटिजन्स बैंककाे १९४औं शाखा विस्तार सिटिजन्स बैंकले आफ्नो १९४औं शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा स्याङ्जामा पहिलोपटक सेवाको सुरुवात गरेको र बैंकले स्याङ्जा बासीहरुबाट भरपुर साथ र सहयोग पाउने आशा राखेको र बैंकले पनि सेवामा कुनै कमि हुन नदिने कुरा व्यक्त गरे । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति…

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका सहकारी अभियन्ता केबी उप्रेती पक्राउ परेका छन् । उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राम्रोसँग चलिरहेको उनको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो । सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।…

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन

एक महिनाभित्र दाेहाेराे पद छाड्न सहकारी सञ्चालकलाई निर्देशन सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिए । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ । यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन…

निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा आन्दाेलन घाेषणा

निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा आन्दाेलन घाेषणा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा रहेको आधिकारिक ट्रेड युनियनले असार २४ गतेदेखि देशभरका सम्पूर्ण शाखा, क्षेत्रीय कार्यालय, मुकाम र केन्द्रीय कार्यालयमा एकै पटक कार्यालयको कामकाज ठप्प पार्ने गरी विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय अध्यक्ष सन्तोषकुमार आचार्यले हस्ताक्षर गरेको उक्त विरोधको कार्यक्रम पत्र प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरी लेखिएको छ । केन्द्रीय कर्मचारी समितिको छैटौँ बैठकको निर्णयले जेठ २१ गते ३५ दिनको समय सीमा राखेर माग पत्र दाबी गरेको थियो उक्त माग दाबीको समय यही असार २३ गते सकिँदै छ । तर ३५ दिनसम्म पनि व्यवस्थापन पक्षले युनियनका माग पत्रमा कुनै वास्ता नगर्नुले…

ग्लोबल आइएमई बैंकका २३३ शाखामार्फत वित्तीय साक्षरता

ग्लोबल आइएमई बैंकका २३३ शाखामार्फत वित्तीय साक्षरता ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा…