निर्धन उत्थान लघुवित्तका कर्मचारीद्वारा आन्दाेलन घाेषणा

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा रहेको आधिकारिक ट्रेड युनियनले असार २४ गतेदेखि देशभरका सम्पूर्ण शाखा, क्षेत्रीय कार्यालय, मुकाम र केन्द्रीय कार्यालयमा एकै पटक कार्यालयको कामकाज ठप्प पार्ने गरी विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।
केन्द्रीय अध्यक्ष सन्तोषकुमार आचार्यले हस्ताक्षर गरेको उक्त विरोधको कार्यक्रम पत्र प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरी लेखिएको छ ।
केन्द्रीय कर्मचारी समितिको छैटौँ बैठकको निर्णयले जेठ २१ गते ३५ दिनको समय सीमा राखेर माग पत्र दाबी गरेको थियो उक्त माग दाबीको समय यही असार २३ गते सकिँदै छ । तर ३५ दिनसम्म पनि व्यवस्थापन पक्षले युनियनका माग पत्रमा कुनै वास्ता नगर्नुले व्यवस्थापन पक्षले युनियनलाई पेलेर जाने पक्षमा देखिएकाे युनियनका एक सदस्यले बताए ।
अहिले सबै ठिकठाक हुँदासमेत आर्थिक वृद्धि तथा नीतिगत, कर्मचारी बढुवा नगरी व्यवस्थापनले आफ्नो जिम्मेवारी बिर्सिएको महासचिव कृष्ण रानाले बताए ।
संस्थागत सुशासन, कर्मचारी बृहत्तर वृत्ति विकाससहितका मागहरू राख्दै कर्मचारी युनियनले राखेका मागहरू व्यवस्थापन पक्षले २४ गते अगाडि नै सम्बोधन गरेर सबैलाई खुसीयाली दिने विश्वास रहेको युनियनको बुझाई छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दाहालले क्षेत्रीय कार्यालयहरूको तालिम गोष्ठीमा व्यवस्थापन पक्ष केन्द्रीय कार्यालय बाहिर रहेको हुँदा २-३ दिनभित्र नै कर्मचारी युनियनले राखेका मागहरूमा व्यवस्थापन पक्षले के कति कार्य गरेको छ र कति काम गर्दै छ छ भन्ने सबै कुरा सहित कार्य प्रगति पेश गर्ने बताए । आर्थिक वर्ष २०७९/८० को बढुवा यही आर्थिक वर्षभित्र गर्ने गरी काम अगाडि बढिरहेको समेत उनले जानकारी दिए ।