टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो ईभीसँग साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरि रहेका शोरुमहरुमा असार २१ देखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरिएको हो ।

मेलामा सहभागी ग्राहकलाई आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्र्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ् सुविधाहरु उपलब्ध छन् । साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि राखिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

टाटाकाे टियागो ईभी मनसुन एक्सचेन्ज मेला