कर्णाली विकास बैंक घोटालामा १०९ जनाविरुद्ध मुद्दा, ३ अर्ब २० करोड बिगाे दाबी
कर्णाली विकास बैंक घोटालामा १०९ जनाविरुद्ध मुद्दा, ३ अर्ब २० करोड बिगाे दाबी बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकमा भएको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ । उक्त इजलासका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार ३ अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । मुद्दामा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायविरुद्ध सबैभन्दा ठूलो रकमको बिगो र जरिवाना माग गरिएको छ । उनीमाथि २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बराबरको दाबी गरिएको छ । त्यस्तै, नेकपा एमालेका…