क्रिकेटका ६ राष्ट्रिय खेलाडी वर्ल्डलिंककाे ब्राण्ड एम्बेसडर
क्रिकेटका ६ राष्ट्रिय खेलाडी वर्ल्डलिंककाे ब्राण्ड एम्बेसडर नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । कम्पनीले १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा उनीहरुलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । नयाँ ब्राण्ड एम्बेसडर बनेका खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा संगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक…