विश्वनाथ पौडेल गभर्नर नियुक्त

विश्वनाथ पौडेल गभर्नर नियुक्त सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले पौडेललाई अठारौं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि बसेको सिफारिस समितिको बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको हो । जस अनुसार पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई थिए । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् । भट्टराई पूर्व सचिव हुन् ।…

नुनमा यसरी घुस्दैछ निजी क्षेत्र

नुनमा यसरी घुस्दैछ निजी क्षेत्र ‘गाई मारेर गधा पोस्ने धन्दा’मा बिचौलियाहरू त सक्रिय थिए नै । केपी ओली सरकारका मन्त्रीहरु नै त्यसतर्फ अग्रसर भइरहेका छन् । बार्षिक २ अर्ब बढीको कारोवारमा एक जना मारवाडी व्यापारीको आँखा गढेको चार बर्ष अगाडि देखि नै हो । आफू उद्योग राज्यमन्त्री र प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदा नसकेको काम तमाम पार्ने खोजिरहेका छन्,पार्टीको उद्योग वाणिज्य समितिको संयोजक हुँदा । उनले मन्त्री दामोदर भण्डारीमार्फत आफ्नो काम तमाम पार्ने गरी उद्योगबाट प्रस्ताव उठाइसकेका छन् ।यसरी नुनको कारोवारमा जोडिन लागेका विवादित व्यवसायी हुन राजस्थानका नागरिक मोतिलाल दुगड । कुनै समय केपी ओलीका आर्थिक व्यवस्थापक रहेका उनै दुगडलाई नुनको…

विकाश हाइड्रोको आईपीओ निष्काशन

विकाश हाइड्रोको आईपीओ निष्काशन विकाश हाइड्रोपावर लिमिटेडले आज (जेठ ६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशत अर्थात ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ९ लाख ९ हजार १०१ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न…

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप

शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थपार्टनरको रुपमा सहकार्य नेपालको राष्ट्रिय खेल भलिबलको लोक प्रियता तीव्र रूपमा बढ्दै गइरहेकोछ । पछिल्लो समय खेल प्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको छ । 9th PM CUP - NVA WOMEN'S/MEN'S VOLLEYBALL LEAGUE - 2082 मा शिवम् सिमेन्टले लिमिटेड “स्ट्रेन्थ पार्टनर” को रूपमा सहकार्य गर्ने भएको छ ।राष्ट्रिय खेलको प्रबर्धन र समर्थन गर्ने दीर्घकालीन उद्देश्य अनुरूप शिवम् सिमेन्टले यस प्रतियोगितामा सहकार्य गर्न लागेको हो। हालै काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल भलिबल संघका तर्फबाट महासचिव श्री…

नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा

नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा नेपालको मेडिकल शिक्षामा विदेशीको नजर काठमाडौं । दक्षिण अफ्रिकाको जोहनसवर्गका मेरभिन चेट्टी ठमेलको एउटा अपार्टमेन्टमा सपरिवार बस्न थालेको करिब तीन साताभन्दा बढी भयो । अफ्रिकाबाट श्रीमति, दुई छोरा र एक छोरीसहितको सपरिवार यहाँ आउनुको उनको उद्देश्य भ्रमण नभए छोरीलाई एमबीबीएस पढाउनु हो । नेपाल आए लगत्तै उनले छोरी एरिन मोनिका चेट्टीलाई एमबीबीएसको तयारीका लागि भाइब्रेन्ट इन्स्टिच्युटमा भर्ना गरिदिएका छन् । एरिनले पनि तयारी सुरु गरिसकेकी छन् नेपालबाट वर्षेनि ठूलो संख्यामा विद्यार्थीहरु एमबीबीएस पढ्नका लागि छिमेकी मुलुक चीन, भारत र बंगलादेशलगायतका मुलुकमा पुग्छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालमा एमबीबीएस…

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।…

बजेटबारे अर्थमन्त्री पाैडेल र माओवादी अध्यक्ष दाहालबीच छलफल

बजेटबारे अर्थमन्त्री पाैडेल र माओवादी अध्यक्ष दाहालबीच छलफल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आगामी बजेटबारे छलफल गरेका छन् । सदनमा नीति तथा कार्यक्रममाथि सोमवार छलफलमा भाग लिएका विपक्षी दलका नेतालाई भेटेर अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटका बारेमा परामर्श गरेका हुन् । अर्थमन्त्री पौडेलले विपक्षी दलका नेताको पनि राय सुझाव लिने क्रममा बजेटको सीमा तथा प्राथमिकताबारे नीति तथा कार्यक्रम केन्द्रित रहेर सामान्य कुराकानी भएको बताए । यसअघि अर्थमन्त्री पौडेलले सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि सोमवार छलफल गरेका थिए । सो अवसरमा विपक्षी दलका नेता तथा माओवादी अध्यक्ष प्रचण्डले…

बजेटबारे अर्थमन्त्री र कांग्रेस सभापतिबीच छलफल

बजेटबारे अर्थमन्त्री र कांग्रेस सभापतिबीच छलफल उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । आज बिहान बुढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले कांग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।

हाइड्रोपावरमा उच्च सेयर कारोबार

हाइड्रोपावरमा उच्च सेयर कारोबार आइतबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ । बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ । अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो । ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो ।…

अप्रिलमा भित्रिए १ लाख १६ हजार विदेशी पर्यटक

अप्रिलमा भित्रिए १ लाख १६ हजार विदेशी पर्यटक सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका हुन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । सन् २०२४ को अप्रिलमा एक…