‘विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँडाैं’

'विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँडाैं' उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने बताए । उनले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए। अस्पतालको निर्माण ठेक्का समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरेका हुन् । उनले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै…

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक एनआई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम विक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन)पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न…

इसेवाले दियो नौलो उपहार

इसेवाले दियो नौलो उपहार १ करोड भन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट बनेको इसेवाले आफ्ना मर्चेन्टहरुको लागि विशेष सेवा लिएर आएको छ । इसेवाले नेपालको डिजिटलवालेटको क्षेत्रमा नयाँ आयामको सिर्जना गरेको छ ।नेपालकै पहिलो अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट डिजिटल रूपान्तरण गरी अर्थतन्त्रको मुहार फेर्ने लक्ष्य लिएकों छ । साथसाथै आफ्ना ग्राकको जीवन तथा वित्तीय कारोबार सहज बनाउन इसेवाले समय समयमा विभिन्न नवीनतम सेवाहरू विस्तार गर्ने कार्य पानी गर्दछ । अब इसेवा सँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यावसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्नसक्नेछन् । पहिले नेपालका व्यवसायिहरूले व्यापार व्यवसायको लागि एउटा…

कर्जाकाे ब्याज ३२ महिनायताकै सस्तो

कर्जाकाे ब्याज ३२ महिनायताकै सस्तो बैङ्किङ प्रणालीमा निक्षेपको ब्याजदर लगातार जसो घटिरहेको छ । यसले कर्जाको ब्याजदर समेत कम गराउँदै लगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगत ३२ महिनायताकै सस्तो कर्जा पाइन थालेको देखिन्छ । अर्थात् वाणिज्य बैंकहरुको आधार दर (बेसरेट) ३२ महिना यताकै सस्तो छ । आधार दर कम हुनु भनेको कर्जाको ब्याजदर कम हुनु पनि हो किनभने बैंकहरुले कर्जाको ब्याजदर आधार दरमा प्रिमियम जोडेर तय गर्छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ मंसिरमा बैंकहरुको आधार दर ८.२४ प्रतिशत थियो त्यसको ३२ महिनापछि आइपुग्दा आधार दर २०८१ असारमा ८ प्रतिशतमा झरेको छ । २०७९ पुसमा आधार दर सबैभन्दा…

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा

एनआईसी एसिया बैंक र यती एयरले दिए गज्जबको फाइदा एन आई सी एशिया बैंकले यती एयरलाइन्स सँगको सहकार्यमा NIC ASIA Sky Club Card सार्वजनिक गरेको छ। Visa Co–branded Card का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक बर्गको लागि हित मूलक रहेको बैक ले बताएको छ । यो योजना ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ । यस कार्डको प्रयोग गरेर यति एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहितअन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच समझदारी भएको हो । यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका…

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट

सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंककाग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा रु ५०० को आकर्षक छूटपाउनेछन् । सो एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्तहुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनु का साथै नगदकारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन सने विश्वास बैंकले लिएको छ ।बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाईडिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्रीसुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइनेसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको…

फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनायो ।

फोटोनले आफ्नो २८ औं वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनायो । काठमाडौं, विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औंवार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्लु वृद्धिकमर्सियल भेहिकलले नाडा अटो शोमा भव्य समारोहका साथ मनाएको थियो ।फोटोनले नेपाली बजारमा कुशल र भरपर्दो व्यावसायिक सवारी साधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाईथप उजागर गर्दै नाडा अटो शोमा आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको थियो। कार्यक्रममा एमएडब्लुवृद्धिका अध्यक्ष श्री विष्णु अग्रवाल र प्रबन्ध निर्देशक श्री विवेक सिकरिया, सीईओ तुषार गुप्ता लगायत फोटननेपालका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको थियो। नाडा अटो शोमा केक काटी कम्पनीको निरन्तरसफलता र स्थानीय समुदायको…

अटो लोन फाइनान्सिङका लागि नबिलकाे विशेष योजना

अटो लोन फाइनान्सिङका लागि नबिलकाे विशेष योजना नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो । यस योजनाअन्तर्गत नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पु¥याउने विश्वास गरिएको छ । ग्राहकहरूको सुविधाका लागि नबिल…

दुई मालिकको लडाइँमा अल्का अस्पताल

दुई मालिकको लडाइँमा अल्का अस्पताल अल्का अस्पतालका सञ्चालक कुमार थापा र रामेश्वर थापाबीचको विवाद छताछुल्ल भएको छ । अस्पतालजस्तो पबीत्र संस्थालाई लियर संचालकले बिबाद गर्नु राम्रो पक्ष होइन । अस्पतालमा ५१ प्रतिशत शेयर भएका कुमार थापा पक्ष र ४९ प्रतिशत शेयर भएका क्याप्टेन रामेश्वर थापाबीचको विवाद छताछुल्ल भएको हाे । विवादको कारण भने शेयर बाँडफाड नै भएको बुझीएको छ । अल्का अस्पतालले गोरखापत्र दैनिकमा सूचना समेत प्रकाशित गरेपछि विवाद छताछुल्ल भएको छ । अल्का अस्पतालले सार्वजनिक गरेको बार्षिक साधारण सभाको सूचनामा सञ्चालक रामेश्वर थापालाई अनिबार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । साधारण सभामा शेयर सदस्यलाई उपस्थितिको लागि अनुरोध गर्नु सामान्य…

विदेशी विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने अष्ट्रेलियाकाे घाेषणा

विदेशी विद्यार्थी भर्ना २ लाख ७० हजारमा सीमित गर्ने अष्ट्रेलियाकाे घाेषणा अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यवसायिक शिक्षा प्रदायकमाझ नयाँ विदेशी विद्यार्थी भर्ना दुई लाख ७० हजारमा सीमित गर्ने घोषणा गरेको छ । घोषणाअनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार व्यवसायिक शिक्षा र प्रशिक्षण (भीईटी) क्षेत्रमा ९५ हजार तथा अन्य विश्वविद्यालय र गैरविश्वविद्यालय उच्च शिक्षा प्रदायकहरूमा ३० हजार विदेशी विद्यार्थीलाई अनुमति दिनेछ । शिक्षामन्त्री जेसन क्लेयरले विश्वविद्यालयलाई सन् २०१९ को तुलनामा १५ प्रतिशत बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिइने तथा भीईटी प्रदायकका लागि २० प्रतिशतले कटौती गरिने जनाए । उनले निर्धारित…