सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका
ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा रु ५०० को आकर्षक छूट
पाउनेछन् । सो एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त
हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनु का साथै नगद
कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन सने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई
डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री
सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने
सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना
१९७ वटा शाखा १६२ वटा ए.टि.एम ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित
बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।