दुई मालिकको लडाइँमा अल्का अस्पताल

अल्का अस्पतालका सञ्चालक कुमार थापा र रामेश्वर थापाबीचको विवाद छताछुल्ल भएको छ । अस्पतालजस्तो पबीत्र संस्थालाई लियर संचालकले बिबाद गर्नु राम्रो पक्ष होइन । अस्पतालमा ५१ प्रतिशत शेयर भएका कुमार थापा पक्ष र ४९ प्रतिशत शेयर भएका क्याप्टेन रामेश्वर थापाबीचको विवाद छताछुल्ल भएको हाे ।
विवादको कारण भने शेयर बाँडफाड नै भएको बुझीएको छ । अल्का अस्पतालले गोरखापत्र दैनिकमा सूचना समेत प्रकाशित गरेपछि विवाद छताछुल्ल भएको छ । अल्का अस्पतालले सार्वजनिक गरेको बार्षिक साधारण सभाको सूचनामा सञ्चालक रामेश्वर थापालाई अनिबार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । साधारण सभामा शेयर सदस्यलाई उपस्थितिको लागि अनुरोध गर्नु सामान्य हो । यहाँ भने रामेश्वरलाई ३५ दिने सूचना पत्रिकामा प्रकाशित गर्ने निर्णय बमोजिम अनिवार्य उपस्थितिका लागि सूचना जारी गरिएको छ ।
सूचनामा रामेश्वर थापाकै कारण आर्थिक वर्ष २०७९/८० को बार्षिक साधारणसभा यसअघि तीन पटक राख्न खोजिए पनि बस्न नसकेको भानिएको छ ।
गत ५ भदौमा बोलाइएको साधारण सभा बैठक कोरम नपुगेर स्थगित भएपछि बैठकले रामेश्वर थापाको नाममा ३५ दिने सूचना दिने निर्णय गरेको थियो । सोही अनुसार भदौ ९ गते सूचना जारी गरिएको छ । यस अगी पनि संचालकको लड़ाइँलाई लियर अल्का अस्पताल बिबाद आउने गर्दथ्यो । राम्रो छबि बनाउन सफल अल्का अस्पताल पटक पटक संचालकको कारणले बिबादमा आउने गर्दछ । रिक्स मोलेर भए पनि अल्का अस्पतालले कतै हुन नसकेक उपचार गरेर आफ्नो नाम राख्न सफल पनि रहेको थियो ।