बजेट कार्यान्वनमा बल दिने माैद्रिक नीति
बजेट कार्यान्वनमा बल दिने माैद्रिक नीति मौद्रिक नीतिले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा भएका विभिन्न विषयको कार्यान्वयन गर्ने भएको छ । जसमा विदेश जानेलाई बिना धित्तो ऋण दिनेदेखि जाेखिमयुक्त सहकारीबाट ५ लाखसम्म फिर्ता दिने विषय समेटिएको छ । आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेटमा अनुमान गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीतिमा उल्लेख छ । बजेट वक्तव्यमा उल्लेखित बैंक तथा वित्तीय संस्थामा पेश हुने वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणहरुबीच आवद्धता कायम गर्ने प्रणाली विकास गर्ने छ ।…