एनआईसी एशिया बैंक २७ औं वर्षमा

एनआइसी एसिया बैंक आइतबारबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षदेखि निरन्तर ग्राहकको सेवामा समर्पित यस बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको छ ।
वार्षिकोत्सवका अवसरमा एक विज्ञप्ति प्रकाशित गरी बैंकले समस्त ग्राहकवर्ग, नियामक निकाय, शेयरधनी महानुभाव, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालामा धन्यवाद व्यक्त गरेको छ । बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवं सुविधा प्रदान गर्ने अठोट गरेको छ ।
हाल यस बैंकका मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल सञ्चालित छन् । बैंकले २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतालाई सेवा दिइरहेको छ ।
साथै, वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

एनआईसी एशिया बैंक २७ औं वर्षमा