खेत सुक्दै गए, किसान रोइरहे पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन
खेत सुक्दै गए, किसान रोइरहे पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन कैलाश माझी, सप्तरी साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन्। बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन्। तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन्। सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्,“पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो। तर पानी छैन। नहर बिग्रेको छ, नगरपालिका चुप छ। खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ । यस वर्ष असारभर राम्ररी वर्षा नहुनु…