‘विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँडाैं’
'विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँडाैं' उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने बताए । उनले आयोजना सम्पन्न गर्नका लागि जनस्तरबाट निगरानी गर्नुपर्ने भन्दै समयमै निर्माणको काम सक्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए। अस्पतालको निर्माण ठेक्का समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई उनले आग्रह गरेका हुन् । उनले तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै…