दुई वर्षपछि २३०० को विन्दुमाथि पुग्याे नेप्से

दुई वर्षपछि २३०० को विन्दुमाथि पुग्याे नेप्से नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २३०० को विन्दुमाथि पुगेको छ । लगातार बढिरहेको नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो । यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो । मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुदाँ ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ । सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो । आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र…

सिटिजन्स बैंककाे घरकर्जा याेजना

सिटिजन्स बैंककाे घरकर्जा याेजना सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१/८२ को सुरुवात सँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रती वर्ष घर कर्जा योजना आज सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी गराए । यस आकर्षक योजनामा सहभागी हुनको लागी…

पेट्राेलमा प्रतिलिटर ४, डिजेल-मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि

पेट्राेलमा प्रतिलिटर ४, डिजेल-मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले भाउ बढाएको हो । यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको निगमले जनाएको छ । तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्दछन् ।

नबिल बैंक परिसरमा इतिहास झल्काउने तस्बिर प्रदर्शनी

नबिल बैंक परिसरमा इतिहास झल्काउने तस्बिर प्रदर्शनी नबिल बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा दरबारमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा ‘चार दशक नेपालको’ शीर्षकको तस्बिर प्रदर्शनी सुरु गरेको छ । प्रदर्शनीमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास गरिएको छ । गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक साता चल्नेछ । प्रदर्शनीमा दैनिक सयौँको संख्यामा अवलोकनकर्ता आइरहेको बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले तस्बिर प्रदर्शनीले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताए । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पछिल्लो समय…

आर्थिक विकासका लागि सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल

आर्थिक विकासका लागि सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिन सक्नुपर्ने धारणा व्यक्त गरेका छन् । काठमाडाैंमा शनिबार आयोजित सूचना प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गर्दै उनले थुप्रै देशले द्रूततर रूपमा विकास भइरहेको सूचना प्रविधिबाट यथेष्ट लाभ लिइरहेकाे र नेपालले पनि सूचना प्रविधिको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । उनले भने, 'विश्वका अरु देशमा जस्तै नेपालमा पनि पछिल्ला वर्ष सूचना प्रविधिका क्षेत्रमा दू्रत विकास भइरहेको छ र यसमा नेपालको युवा वर्ग अहिले पनि निकै नै ठूलो सङ्ख्यामा यस क्षेत्रमा लागिरहेकाले देशमा…

नबिल बैंकले मनायाे ४०औँ वार्षिकोत्सव

नबिल बैंकले मनायाे ४०औँ वार्षिकोत्सव, ४० दिनसम्म दिगाे विकाससम्बन्धी जनचेतना कार्यक्रम गर्ने नबिल बैंक ४१ वर्षमा प्रवेश गरेकाे छ । बैंकले शुक्रबार एक कार्यक्रम गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भूमिका विषयमा छलफल आयाेजना गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो । अध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम…

औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय : गभर्नर

औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपालले काठमाडौंमा बिहीबार आयोजना गरेको ‘मौद्रिक नीति पूर्व छलफल कार्यक्रम’ मा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमा लैजाने र अधिकतम रोजगारी सिर्जना गर्ने दिशामा उपयोग गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने उनले बताए । ‘विगतमा जस्तै आगामी मौद्रिक नीति पनि अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदान उच्च रहने गरी निर्माण हुन्छ,’ उनले भने, ‘मौद्रिक नीतिप्रति अपेक्षा, आकांक्षा र रुचि धेरै नै रहेको छ ।…

मानव सेवा आश्रमलाई नबिल बैंककाे सहयोग

मानव सेवा आश्रमलाई नबिल बैंककाे सहयोग नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग गरेको छ । एक विशेष कार्यक्रमबीच गत मंगलबार काठमाडौंको बोहोराटार स्थित मानव सेवा आश्रममा दुई वटा वाहनहरू हस्तान्तरण गरिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो । साँचो हस्तान्तरण कार्यक्रममा…

पोखरामा टीभीएसकाे शोरूम उद्घाटन

पोखरामा टीभीएसकाे शोरूम उद्घाटन स्क्वायर मोटर्स प्राइभेट लिमिटेडले पोखरामा आफ्नो नयाँ टीभीएस शोरूम उद्घाटन गरेको छ । महानगर प्रमुख धनराज आचार्यले बुधबार रिबन काटेर शोरुमको उद्घाटन गरेका हुन् । स्क्वायर मोटर्सको नयाँ शोरूमले स्थानीय समुदायको मोटरबाइक र स्कुटर आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ, जसमा विभिन्न टीभीएस मोडेलहरू उपलब्ध गराइनेछ । त्यति मात्र नभई टीभीएस सवारी साधनहरूको प्रदर्शनसँगै, शोरूमले स्पेयर पार्ट्स र सवारी साधन मर्मतसम्भार सहित व्यापक सेवाहरू प्रदान गर्नेछ । पोखरामा टीभीएस उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता स्क्वायर मोटर्सका सञ्चालकहरू बिनोज पोते र आदर्शमान श्रेष्ठले जनाएका छन् ।

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने

एनआईसी एसियाले भाखा नागेका ऋणीहरुलाई ब्याजमा ३५ प्रतिशतसम्म छुट दिने एनआईसी एसिया बैंकले भाखा नागेका ऋणीहरुलाई साधारण ब्याज रकममा ३५ प्रतिशतसम्म छुट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्ने हेतुले यस्तो योजना ल्याएको बैंकले जनाएको छ । जसअनुसार बैंकले २०८० चैत्र मसान्तसम्ममा एक वर्षभन्दा बढी भाखा नाघेका ऋणीले सम्पूर्ण कर्जा रकम यही आषाढ महिनाभित्रमा चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा ३५ प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तै भाखा नाघेको ९१ दिनदेखि १८० दिन र १८१ दिनदेखि ३६५ दिनसम्म भएका ऋणीले…