दुई वर्षपछि २३०० को विन्दुमाथि पुग्याे नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ वर्ष २ महिनापछि २३०० को विन्दुमाथि पुगेको छ । लगातार बढिरहेको नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो ।

यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो । मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयरको खरिदबिक्री हुदाँ ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ । सोमबारमात्रै १७ अंकले घटेर करेक्सन भएको शेयरबजारमा ६ महिनायताकै उच्च कारोबार भएको थियो ।

आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र मंदाकिनी हाइड्रोपावर लिमिटेडका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । जहाँ यी कम्पनीहरूको सेयरमूल्यमा पोजेटिभ सर्किटसमेत लागेको छ । कारोबारका आधारमा ङादी पावर ग्रुप लिमिटेड २१ करोड ७७ लाख ४९ हाजर रूपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

दुई वर्षपछि २३०० को विन्दुमाथि पुग्याे नेप्से