प्राधिकरणले बक्याैता रहेकाे कागजात देखाओस्, हामी तिर्छाैं : उद्याेगी

प्राधिकरणले बक्याैता रहेकाे कागजात देखाओस्, हामी तिर्छाैं : उद्याेगी नेपाल विद्युत प्राधिकरणले ठूला उद्योगमा विद्युतको बक्यौता नतिरको भनेर लाइन काट्न सुरु गरेपछि उद्योगीहरुले विरोध जनाएका छन् । कात्तिक ८ गते प्राधिकरणले ३४ वटा उद्योगले बक्यौता नतिरेको भन्दै लाइन काटेको थियो । आज उद्योगीहरुले काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर प्राधिकरणले प्रयोग नै नगरेको विद्युत बक्यौता भन्दै लाइन काट्न सुरु गरेको भन्दै विरोध गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपती मुरारकाले नेपाल विद्युत प्राधिकरणले उद्योगीले प्रयोग नै नगरेको विद्युत पैसा तिर्न बाँकी भनेर लाइन काट्न फेरि सुरु गरेको बताए । उनले भने, ‘बिल पठाउँदैमा हामीले प्राधिकरणलाई पैसा तिर्दैनौं ।…

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । जसमध्ये १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ । यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख…

कुलमानले मानेनन् प्रधानमन्त्री र ऊर्जा मन्त्रीकाे आग्रह

कुलमानले मानेनन् प्रधानमन्त्री र ऊर्जा मन्त्रीकाे आग्रह प्रधानमन्त्री केपी शमा ओली तथा ऊर्जा मन्त्री दीपक खड्काको आग्रहलाई अटेर गरी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बिहीबार राति डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका दर्जनौं उद्योगको लाइन काटिएको छ । उद्योगीको अनुसार साँझ ८ बजेदेखि काट्न थालिएको लाइन साढे ९ बजेसम्म ६० वटाको लाइन काटिएको हो । बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए र प्रधानमन्त्री ओलीको पनि उद्योगीलाई अहिले चिढाउन नहुने आशय रहेको थियो । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न नसकेपछि बिहीबार रातीबाटै लाइन काट्न थालिएको हो । प्राधिकरणका प्रबन्ध…

विश्व बैंकले नेपाललाई पुनर्निर्माणमा सघाउने

विश्व बैंकले नेपाललाई पुनर्निर्माणमा सघाउने विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने…

कात्तिक २५ बाट हप्ताको सातै दिन दुबई–भैरहवा–काठमाडौँ उडान

कात्तिक २५ बाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ। जसअनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान हुनेछ। भैरहवामा मंगलबार फ्लाई दुवईका टोलीसँग छलफल भएपछि टिकट बुकिङ खुलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । दुबईबाट आएको जहाज दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ। २ः४५ मा जहाज काठमाडौँ प्रस्थान गर्नेछ। भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाक वायुसेवा हो। यसअघि कुवेतको जजिरा एयरवेजले यहाँबाट उडान गर्नको…

भारतबाट दूध आयातकाे स्वीकृति नदिन कृषिमन्त्रीलाई आग्रह

भारतबाट दूध आयातकाे स्वीकृति नदिन कृषिमन्त्रीलाई आग्रह सरकारले भारतबाट दूध आयात खोल्न लागेको भन्दै किसानहरुले दूध आयात स्वीकृति नदिन कृषि मन्त्रीलाई अनुरोध गरेका छन् । चितवनका दुग्ध किसानहरुले नेपालमै दूधको उत्पादन पर्याप्त भएको दाबी गर्दै भारतबाट आयातकाे अनुमति नदिन अनुरोध गरेका हुन् । चितवनमा मात्रै दैनिक साढे ३ लाख ५० हजार लीटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । यहाँबाट दैनिक एक लाख ५१ हजार लीटर दूध नेपालकै विभिन्न स्थानमा निर्यात हुने गरेको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने- 'चितवनले मात्रै दूध बिक्रीबाट एक करोड रकम दिनकै भित्र्याउँछौँ । अब दूध उत्पादन बढ्ने समय पनि…

भैरहवामा १० र सिमरामा १५ उद्योग स्थापना गर्न जग्गा प्रदान

भैरहवा सेजमा १० र सिमरा सेजमा १५ उद्योग स्थापना गर्न जग्गा प्रदान सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) मा १० वटा र सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा १५ वटा उद्योग स्थापना गर्न प्लट (जग्गा) प्रदान गरेको छ । भैरहवामा स्थापना हुने उद्योग ३४४ करोड लगानी र तीन हजार ५२३ रोजगारी सिर्जना गर्ने प्रतिबद्धता प्राप्त भएका उद्योग भएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । वर्तमान सरकार गठन भएको १०० दिनका अवधिमा थप दुई वटा उद्योगले उत्पादन सुरु गरेका छन् । प्लट प्राप्त गरेका ३ वटा उद्योगसँग उद्योग सञ्चालनका लागि सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । यस्तै सिमरा विशेष आर्थिक क्षेत्र…

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीकाे निर्देशन

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीकाे निर्देशन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिएका छन् । अब व्यवसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुनुपर्ने उनले बताए । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यवसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताए । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यवसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए । बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए…

सहकारी ठगीमा रवि लामिछाने पक्राउ

सहकारी ठगीमा रवि लामिछाने पक्राउ सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय कास्की लैजाने तयारी छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको…

सेवा रेमिटको अनुमतिपत्र खारेज

सेवा रेमिटको अनुमतिपत्र खारेज नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ…