भारतबाट दूध आयातकाे स्वीकृति नदिन कृषिमन्त्रीलाई आग्रह

सरकारले भारतबाट दूध आयात खोल्न लागेको भन्दै किसानहरुले दूध आयात स्वीकृति नदिन कृषि मन्त्रीलाई अनुरोध गरेका छन् ।

चितवनका दुग्ध किसानहरुले नेपालमै दूधको उत्पादन पर्याप्त भएको दाबी गर्दै भारतबाट आयातकाे अनुमति नदिन अनुरोध गरेका हुन् ।

चितवनमा मात्रै दैनिक साढे ३ लाख ५० हजार लीटर दूध उत्पादन हुने तथ्यांक रहेको छ । यहाँबाट दैनिक एक लाख ५१ हजार लीटर दूध नेपालकै विभिन्न स्थानमा निर्यात हुने गरेको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष किशोर बगालेले भने- ‘चितवनले मात्रै दूध बिक्रीबाट एक करोड रकम दिनकै भित्र्याउँछौँ । अब दूध उत्पादन बढ्ने समय पनि आइरहेको छ । दूधको आयात बाहिरबाट गर्ने अवस्था आयो भने दुग्ध किसान मर्छन् ।’

उनले किसानको दूधको बक्यौता सरकारले विस्तारै भुक्तानी दिन थालेकोमा खुसी जनाउँदै दूध आयात रोक्न पनि अनुरोध गरेका थिए ।

दुग्ध किसानसहित अन्य किसानका कुरा सुनेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आफूले भारतबाट दूध निर्यात गर्ने कुराबारे केही जानकारी नपाएको दाबी गरेका छन् ।

‘मैले पनि पत्रिकामा समाचार देखेर भारतबाट दुध आयात गर्ने भन्ने सुनेको हो’, उनले भने, ‘यो मूलुकको कृषिमन्त्रीको जिम्मेवारी निभाएको मान्छे म हुँ । मलाई जानकारी छैन । मैले सम्हालेको मन्त्रालयको तर्फबाट त्यो कमजोरी हुँदैन ।’

उनले दुग्धसहित तरकारी, माछा, मौरी लगायतका किसानको समस्या पनि आफूले समाधान गर्न जिम्मेवार भएर लाग्ने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

भारतबाट दूध आयातकाे स्वीकृति नदिन कृषिमन्त्रीलाई आग्रह