पुँजीगत खर्च बढाउन अर्थमन्त्रीकाे निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिएका छन् । अब व्यवसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुनुपर्ने उनले बताए ।

अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यवसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताए ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यवसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

पुँजीगत खर्च बढाउन अर्थमन्त्रीकाे निर्देशन