कात्तिक २५ बाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ। जसअनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान हुनेछ।

भैरहवामा मंगलबार फ्लाई दुवईका टोलीसँग छलफल भएपछि टिकट बुकिङ खुलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुबईबाट आएको जहाज दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ। २ः४५ मा जहाज काठमाडौँ प्रस्थान गर्नेछ। भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाक वायुसेवा हो।

यसअघि कुवेतको जजिरा एयरवेजले यहाँबाट उडान गर्नको लागि टिकट बुकिङ खुलाएको छ। नोभेम्बर ९ अर्थात कात्तिक २४ गतेबाट भैरहवामा उडान सुरु गर्ने गरी जजिराले केही दिन अघि टिकट खुल्ला गरेको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै साढे २ वर्षअघि जजिराले भैरहवाबाट उडान थालेको थियो। व्यावसायिक कारण देखाउँदै उसले उडान रोकेको थियो। सरकारले विभिन्न सहुलियत उपलब्ध गराएपछि जजिराले फेरि भैरहवाबाट उडान सुरु गर्न लागेको हो।

जजिरा एयरवेजमार्फत उडान गर्ने यात्रुले काठमाडौंमा भन्दा भैरहवामा सस्तोमा उडान गर्ने सक्नेछन्। जजिराले आफ्नो वेवसाइटमा लुम्बिनीको फोटोसहित भैरहवा उडानको लागि टिकट खुलेको प्रचार गरेको छ। सो प्रचारात्मक फोटोमा कुवेत–भैरहवाको एकतर्फी भाडादर ३३ दिराम रहेको उल्लेख छ।

यो १४ हजार ४८३ नेपाली रुपैयाँ हुन्छ। सोही मितिमा कुवेतबाट काठमाडौं आउन ५० दिराम टिकट दर तोकिएको छ। यो नेपाली रुपैया २१ हजार ९५० हुन आउँछ। जस अनुसार जजिराको जहाजमा काठमाडौँ आउनभन्दा भैरहवा अवतरण गर्न साढे ७ हजार सस्तो पर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कात्तिक २५ बाट हप्ताको सातै दिन दुबई–भैरहवा–काठमाडौँ उडान