कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ?

कस्तो अवस्थामा खाता रोक्का तथा फुकुवा गर्न सकिन्छ ? नेपाल राष्ट्र बैंकले खाता रोक्का तथा फुकुवाको लागि स्पष्ट व्यवस्था गर्न विनियमावली जारी गरेको छ । विभिन्न कारणले खाता रोक्का तथा फुकुवामा देखिएको अन्यौलता विनियमावलीले हटाउने नेपाल राष्ट्र बैंकले बताएको छ । ‘बैक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट विनियमावली तर्जुमा गरी…

दोषी उम्किन नपाउने गरी निष्कर्ष दिन सहकारी छानबिन समितिलाई प्रधानमन्त्रीकाे आग्रह

दोषी उम्किन नपाउने गरी निष्कर्ष दिन सहकारी छानबिन समितिलाई प्रधानमन्त्रीकाे आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम अपचलन गर्नेहरुको अनुहार नभइ व्यवहार हेरेर कारबाही गर्न संसदीय समितिसँग आग्रह गरेका छन्। सिंहदरबारमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा शनिवार बोल्दै उनले समितिसँग सो आग्रह गरेका छन् । उनले कोही निर्दोषमाथि कुनै प्रकारको औंलो नठडिने र दोषी उम्किन नदिने गरी समितिको निस्कर्ष बनाउन आग्रह गरे । उनले सहकारी पौडी खेल्ने नभइ धेरै खेले स्वीमिङ पुलसम्म पौडी खेल्न सक्ने टिप्पणी गरे। उनले सहकारीका माध्यमबाट अनेक तरिकामार्फत गरिएको शोषण, लुट, ठगीहरुलाई नियन्त्रण गर्न नदिनका लागि सरकारले पनि काम गरिरहेको…

रुपन्देहीकाे स्टार सहकारीमा बचतकर्ताको धर्ना

रुपन्देहीकाे स्टार सहकारीमा बचतकर्ताको धर्ना रुपन्देहीको सैनामैनास्थित मुर्गियामा रहेको स्टार बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या उत्पन्न भएको छ । सदस्य सेवा केन्द्रको रुपमा रहेको यस सहकारीले एक करोडभन्दा बढी बचत रकम फिर्ता गर्न आनाकानी गर्दा बचतकर्ता विचल्लीमा परेका हुन् । मजदुर, किसान, सैलुन व्यवसायी जो आर्थिक रुपमा कमजाेर भएका बचतकर्ता बढी मारमा परेको जनाएका छन् । इलाका प्रहरी कार्यालयमा बिहीबार ४ सयभन्दा बढी बचतकर्ताको पुगेर धर्ना दिएको सहभागीको दाबी छ । इलाका प्रहरी कार्यालय रन्यौराले स्टार बहुउद्देश्यीय सहकारी संस्था सदस्य सेवा केन्द्र सैनामैनाका अध्यक्ष चिरञ्जिवी भण्डारीलाई नियन्त्रणमा लिएको छ ।बचतकर्ताले आफूहरुले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने…

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटीको फ्युलइन्जेक्सन भेरियन्ट अब नेपालमा

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटीको फ्युलइन्जेक्सन भेरियन्ट अब नेपालमा विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरकोख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ। यी नयाँ उत्पादनका साथटिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभईसहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ । टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस - भिआइएफआइ प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुतर रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ । नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथउत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको…

थप हवाई रुटका लागि भारतलाई आग्रह

थप हवाई रुटका लागि भारतलाई आग्रह नेपाल सरकारले थप हवाई रुटका लागि भारतलाई फेरि आग्रह गरेको छ । भारतमा आयोजना गरिएको नागरिक उड्डयन सम्बन्धी दोस्रो एसिया प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले भारत सरकारलाई यस्तो आग्रह गरेका हुन् । लुम्बिनी र पोखरामा रहेको अन्तर्राष्ट्रिय एयरपोर्टका लागि भारतले थप रुट उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । हाल दुवै एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको छैन । पर्यटनमन्त्री पाण्डेले बिहीबार भारतका नागरिक उड्डयमन्त्री राममनोहर नायडु किन्जरापुसँगको भेटमा थप हवाई रुट उपलब्ध गराउन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।…

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स’ को दुई विधामा सम्मानित

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स’ को दुई विधामा सम्मानित ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । सिंगापुरमा बिहीबार आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरूमा बैंकले गरेको…

यसपालि नयाँ हैन, सुकिला नाेट !

यसपालि नयाँ हैन, सुकिला नाेट ! राष्ट्र बैंकले यसपटकको दशैंको लागि नयाँ नाेट वितरण नगर्ने भएकाे छ । पुरानै सुकिला नाेट भने असोज १३ गतेदेखि साट्न पाइने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग, बैकिङ विभाग र प्रादेशिक कार्यालयबाट नोट साट्न पाइने छ । असोज २२ गतेसम्म नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ । विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थ नगर, नेपालगन्ज र धनगढीको प्रादेशिक कार्यालयबाट नोट साट्न पाइनेछ । एक व्यक्तिले ५ देखि एक सय सम्मका साना दरका नोट एक एक प्याकेटका दरले १८ हजार ५ सय रुपैयाँ पाउने सहायक प्रवक्ता डा.डिल्लिराम पोखरेलले बताए । यद्यपि आफ्नो खाता रहेको…

हिरोले ल्यायो ‘एक्कासि मालामाल’ दसैँ तिहार अफर

हिरोले ल्यायो 'एक्कासि मालामाल' दसैँ तिहार अफर सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटरखरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासिमालामाल अफर सार्वजनिक गरेको छ । हिरोले आफ्ना जुनसुकै मोडलकोमोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्मकोस्योर सट क्यास जित्ने मौका साथै बम्पर उपहारमा ‘नेटा भि इभी कार’ जित्ने अफर पनि ल्याएको छ । कम्पनीले ‘ दसैँ तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ योजना ल्याएको छ । सोही अफरमा हिरोका जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ८ हजारदेखि ५ लाख रुपैयाँसम्मको स्योर सट नगद छुट पाइने छ…

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले यथाशीघ्र प्यान अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इ–टिडिएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक छ । बैंकका अनुसार प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण प्रविष्ट गरिने भएकाले आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान हुन्छ ।जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टीप्रमाणपत्र र कर…

बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम

बैंकमा थुप्रियाे ६ खर्ब ऋणयाेग्य रकम यतिबेला बैकिङ प्रणालीमा ६ खर्बभन्दा बढी ऋणयाेग्य रकम थुप्रिएकाे छ । अहिले बैकिङ प्रणालीमा ६४ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । निक्षेपको ९० प्रतिशतसम्म बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा लगानी ५१ खर्ब ९९ अर्ब रुपैयाँ रहेको छ । यस आधारमा ९० प्रतिशतसम्म कर्जा लगानी हुँदा ५८ खर्ब २२ अर्ब रुपैयाँ हुन्थ्यो तर अहिले औसतमा ७८.९८ प्रतिशतसम्म कर्जा लगानी भएको देखिन्छ । बजारमा चहलपहल बढ्ने र बढी व्यापार हुने चाडबाडकै सिजनमा आयातका नाममा बैंकिङ प्रणालीबाट ऋण प्रवाह बढ्ने अनुमान गरिए पनि त्यस्ताे हुन सकेकाे छैन ।…