टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटीको फ्युलइन्जेक्सन भेरियन्ट अब नेपालमा

विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरकोख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ) , टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र टिभिएस रेडिअन (एफआइ) नेपालमा सार्वजनिक गरेको छ।

यी नयाँ उत्पादनका साथटिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभईसहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ । टिभिएसले यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरु बिएस – भिआइएफआइ प्लेटफर्ममा, जुनसुकै सवारी परिस्थितिमा पनि उत्साहीलाई अद्भुतर रमाइलो अनुभव सुनिश्चित गर्न विशेष रुपमा डिजाइन गरिएको छ । नयाँ उत्पादनहरु एडभान्स्ड इन्जिनियरिङ र स्टाइलिश डिजाइनका साथउत्कृष्ट प्रदर्शनको लागि नयाँ पुस्ताका राइडरहरुलाई ध्यानमा राखी बनाइएको छ ।

टिभिएस मोटर कम्पनीका उपाध्यक्ष- इन्टरनेसनल बिज्नेस, राहुल नायकले भने, ‘हामी हाम्रो मिलेनियल र डिजीटलाइजेसनमा निर्भर जेन जीग्राहकहरुको लागि स्कुटर र मोटरसाइकल दुवै क्षेत्रमा जहिले नयाँ शैली रनयाँ सुविधायुक्त, आउने पिडिलाई उपयुक्त हुनेगरी आफ्नो उत्पादनहरु अघिब ढाउँछौ । नेपाल सधैँ हाम्रो लागि एउटा मूल्य व्यापार केन्द्र रहेको छ रटिभीएस राइडर (एफआइ ), टिभीएस एनटर्क (एफआइ ) र टिभिएसरेडिआन (एफआइ) को नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं ।’

जगदम्बा मोटर्स प्रा. लि. का कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ भेरियन्टहरूलाई ग्राहकले मन पराउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटीको फ्युलइन्जेक्सन भेरियन्ट अब नेपालमा