बजेट कार्यान्वयनका लागि ७१ बुँदे मार्गदर्शन

बजेट कार्यान्वयनका लागि ७१ बुँदे मार्गदर्शन कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयनमा कडाइ गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रदेशका सबै मन्त्रालय, निकाय तथा आयोगहरूलाई ७१ बुँदे मार्गदर्शन जारी गरेको छ । बजेट कार्यान्वयनमा विगतका कमजोरीहरूबाट पाठ सिक्दै वित्तीय अनुशासन, पारदर्शिता र समयबद्धता कायम गर्न विस्तृत मार्गदर्शन जारी गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको मार्गदर्शनमा बजेट कार्यान्वयनको हरेक चरणमा समयसीमाको कडा तालिका र जवाफदेहिताको स्पष्ट खाका प्रस्तुत गरिएको छ । यो मार्गदर्शनको मुख्य उद्देश्य ‘असारे विकास’ को प्रवृत्तिलाई निरुत्साहित गर्ने, विकास बजेटको शतप्रतिशत र प्रभावकारी उपयोग सुनिश्चित गर्ने तथा सरकारी स्रोतको दुरुपयोग…

जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने

जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने अब जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) यस्तो व्यवस्था गर्न लागेको हो । आर्थिक वर्ष २०८२/८३ का लागि सेबोनको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा भनिएको छ, ‘जलविद्युत क्षेत्रका कम्पनीहरूको उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर निष्काशन गर्न सक्ने व्यवस्था गर्ने ।’ आईपीओको निष्काशन अनुमतिको विषयलाई लिएर सेबोन र ऊर्जा उत्पादकहरूबिच लामो समयदेखि रस्साकस्सी चलिरहेको छ । आईपीओ निष्काशन गर्न नपाउँदा आयोजनाको काम प्रभावित भएको उनीहरूको बताउँदै आएका छन् । त्यस्तै, सेबोनले धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी…

खेत सुक्दै गए, किसान रोइरहे पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन

खेत सुक्दै गए, किसान रोइरहे पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मौन कैलाश माझी, सप्तरी साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन्। बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन्। तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन्। सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्,“पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो। तर पानी छैन। नहर बिग्रेको छ, नगरपालिका चुप छ। खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ । यस वर्ष असारभर राम्ररी वर्षा नहुनु…

हिमालयन बैंककाे एफपिओ बिक्रीमा

हिमालयन बैंककाे एफपिओ बिक्रीमा हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्रीमा ल्याएको छ । बैंकले बुधवारदेखि एफपीओ निष्काशन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था रहेको छ । जसका लागि बैंकले एफपीओ जारी गरेको हो । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासनमा ल्याएको छ । बैंकको एफपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँको रहेको छ । हाल बैंकको…

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार हरियाली छाएको छ । बुधवार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २ हजार ७ सय ९४ दशमलव ७८ विन्दुमा बन्द भएको हो । त्यस्तै, कारोबार रकममा पनि उछाल आएको छ । बुधवार १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १९३ कम्पनीको शेयरमूल्य बढ्दा ५५ वटाको घटेको छ । आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा केबीएल डिभेञ्चर र थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । माइखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको…

फास्ट ट्रयाकको प्रस्थान विन्दु सार्न सिफारिस

फास्ट ट्रयाकको प्रस्थान विन्दु सार्न सिफारिस आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को प्रस्थान विन्दु (जिरो प्वाइन्ट) लाई डुकु छापमा सार्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको उपस्थितिमा सार्वजनिक गरिएको प्रतिवेदनमा यस्तो निष्कर्ष दिइको हो । हाल उक्त आयोजनाको प्रस्थान विन्दु खोकनामा राख्ने गरी काम अघि बढिरहेको छ । आयोगले खोकनामा जिरो प्वाइन्ट राख्दा सो क्षेत्रको धार्मिक तथा पुरातात्त्विक र सांस्कृतिक सम्पदाको अतिक्रमण हुने भएकोले यसलाई सार्नुपर्ने निष्कर्ष निकालेको आयोगका अध्यक्ष रामबहादुर थापामगर बताए । सो क्षेत्रमा रहेको नेवार समुदायले फास्ट ट्र्याकका कारण आफ्नो सांस्कृतिक धरोहरमा गम्भीर असर पर्ने देखिएको भन्दै खोकना क्षेत्रमा प्रस्थान विन्दु राख्न…

मध्यपश्चिम विश्वविद्यालयको १ अर्ब ३६ करोडकाे बजेट पारित

मध्यपश्चिम विश्वविद्यालयको १ अर्ब ३६ करोडकाे बजेट पारित मध्यपश्चिम विश्वविद्यालयको साेमबार सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार रुपैयाँ बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पूँजीगततर्फ रु ४६ करोड २५ लाख र सञ्चालनतर्फ रु ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक

मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको दुईथरी रेडबुक भेटिएको छ । आजको प्रदेशसभा बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले रेडबुक नै दुई खालको बनाइएको र लगभग ८ हजार योजना लुकाएको दाबीसहित दुवै रातो किताब देखाए । बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई सदनमा रेडबुक बाँडिएको थियो, जुन रेडबुक ४६१ पेजको छ । तर, वास्तविक ७५५ पेजको रेडबुक देखाउँदै यादवले २९४ पेजका करिब ८ हजार योजना लुकाइएको जिकिर गरे । उनले बजेटमा बिचौलिया हावी भएको र त्यसलाई सुधार्न भएको सहमतिअनुसार कार्यदल गठन भएपनि वास्तविक रेडबुक लुकाएकोले अब कार्यदललाई पनि…

घरजग्गा काराेबारमा मौद्रिक नीति लचिलो

घरजग्गा काराेबारमा मौद्रिक नीति लचिलो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घरजग्गामा केही लचिलो व्यवस्था गरिदिएको छ । बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिलाई घर किन्न दिइने आवासीय कर्जा सीमा २ करोडबाट ३ करोड पुर्‍याइएको छ । यसले राम्रा र आधुनिक घर किन्न चाहनेले बैंकबाट बढी कर्जा लिन पाउँछन् । त्यस्तै पहिलो घर खरिद गर्दा मूल्यांकन गरिएको रकमको ८० प्रतिशतसम्म कर्जा दिइने भएको छ । यसअघि यस्तो कर्जाको सीमा ७० प्रतिशत मात्रै थियो । त्यस्तै अन्य घरजग्गा खरिदका लागि दिइने ऋण सीमा पनि बढाइएको छ । घरजग्गा खरिदमा कुल मूल्यको ७० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था मौद्रिक नीतिमा…

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट

एन्टा ब्रान्डका सामानमा देशैभरि आकर्षक छुट एन्टा ब्रान्डका देशभरका स्टोरहरूमा छुट योजना सञ्चालन गरिएको छ । जस अन्तर्गत ग्राहकले समर न्यु अराइभलमा फ्लाट २० देखि ५० प्रतिशतसम्म छुट पाउनेछन् । यसमा विशेष गरी पर्फर्मेन्स फुटवेयर, डेल्ली लाइभस्टाइल फुटवेयर र स्टाइलिश कपडाहरू समावेश रहेको कम्पनीको भनाइ छ । छुटपछि जुत्ताको मूल्य ४,००० रुपैयाँबाट सुरु हुन्छ भने कपडामा पनि यो वर्षकै सबैभन्दा ठूलो बचत हुने कम्पनीले जनाएको छ । एन्टाका उत्पादनहरू उच्च गुणस्तर, आरामदायी डिजाइन र ट्रेन्डी स्टाइलका लागि चिनिन्छन् । त्यसैले, खेलकुदका लागि उत्कृष्ट गियर चाहिनेहरूदेखि दैनिक जीवनका लागि क्याजुअल र स्टाइलिश विकल्प खोज्नेहरूका लागि समेत यो सेलले ठूलो अवसर ल्याएको…