जीबी राई पक्राउ नपर्नुमा सरकारकै हात : सहकारी पीडित
जीबी राई पक्राउ नपर्नुमा सरकारकै हात : सहकारी पीडित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकार नै जीबी राईलाई बचाउन लागेको आरोप लगाएका हुन् । समितिका अध्यक्ष किरण श्रेष्ठले जीबी राईलाई ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले संरक्षण गरेको आरोप लगाए । ‘जीबी राईलाई नेपाल ल्याउँदा रास्वपाको अर्को नेता जोडिने र कांग्रेस, एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जीबी राईलाई संरक्षण गरेको हो कि जस्तो…