एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको हो । सेयर हकप्रद खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिनअन्तिम समय रहेको कम्पनी ले जनाएको छ ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै