वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६८ करोड : नबिल र ग्लोबल आईएमईकै हालीमुहाली

२० वाणिज्य बैंकहरुले २ महिनामा १७ अर्ब ६८ करोड भन्दा बढी रुपैयाँ खुद नाफा कमाएका छन् । लगभग दुई महिनाको आबधिमा बढी नाफा कमाऊन सफल नबिल बैंक लिमिटेडले रहेको छ । दोस्रोमा बढी चुक्ता पुँजी रहेको ग्लोबल आईएमई बैंकले नाफा कमाएकाे छ ।
तेस्रोमा मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नाफा कमाएको छ । चौथोमा एनसीसी बैंकसंग मर्जर गरेर बनेको कुमारी बैंकले नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन् । पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले नाफा बढाउदा ८ बैंकको भनेसामान्य रहेको छ । माछापुच्छ्रे, सानिमा बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा खसकियको छ
आर्थिक गतिविधि सुस्त भए पनि केन्द्रीय बैंकले लिएको खुकुलो नीति र रिकभरीका कारण नाफा बढेको देखिन्छ । यसले नाफा बढाउन सहयोग पुगेको हो ।पछिल्लो समय घटिरहेको ब्याजदरले केही खर्च कम भए पनि । ब्याज आम्दानी र खर्च दुवै केही घटेको देखिन्छ । तुलनातमक ब्याज आम्दानी र खर्च धेरै घट्दा त्यसको प्रभाव देखिएको छ ।