सिद्धबाबा सुरुङमार्ग तीन महिनाभित्र छिचाेल्ने तयारी
सिद्धबाबा सुरुङमार्ग तीन महिनाभित्र छिचाेल्ने तयारी राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आधाभन्दा बढी भाग खनिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सुरुङ अहिलेसम्म ५४५ मिटर खनिएको हो । कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङमार्ग ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ । ‘मुख्य सुरुङ आउँदो डिसेम्बरसम्म छेड्ने लक्ष्य छ, तीनवटा बाइपासमध्ये एउटा छेडियो, एउटा अबको १० दिनभित्र छेडिन्छ’, आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले भनिन् । कुल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फ गरी ५४५.५७ मिटर खनिएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उत्तरतर्फ २३७.८० र दक्षिणतर्फ ३०७.७७ मिटर खनिएको छ । सुरुङमार्गका तीनवटा बाइपास छन् ।…