मन्त्रीहरुको रिर्पोट कार्ड :भौतिक मन्त्री ‘फेल’,अर्थ र उद्योग मन्त्री ‘थर्ड डिभिजन’
मन्त्रीहरुको रिर्पोट कार्ड :भौतिक मन्त्री 'फेल',अर्थ र उद्योग मन्त्री 'थर्ड डिभिजन' उनीहरुले चालु आर्थिक बर्षको पुस मसान्तसम्मको कार्यसम्पादन हेर्दा ३५ प्रतिशत समेत काम गर्न सकेका छैनन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका १२ मन्त्रीहरु फेल भएका हुन। प्रतिवेदन अनुसार,यो ६ महिनाको अवधिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ८० दशमलव ५५ प्रतिशत र कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले शतप्रतिशत अंक ल्याउँदा अर्थमन्त्री विष्णु पौडेलको ३९ दशमलव २ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ४८ दशमलव १ प्रतिशत काम सम्पन्न गरेका छन् ।यता भौतिक…