सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ । बर्दिबासमा शनिबार आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पूर्ण कर्मचारिहरु र केही विभागीय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएको थियो । तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैरकानूनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो…