सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सम्पन्न गरेको छ ।

बर्दिबासमा शनिबार आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पूर्ण कर्मचारिहरु र केही विभागीय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम संचालन गरिएको थियो ।

तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैरकानूनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए ।

गत साल झै यस २०८१ सालामा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो ।

यसभन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरुका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागि कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाडौंमा यस तालिम सम्पन्न गरिएको थियो ।

बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरि सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न