‘स्टार्टअप उद्यम कर्जा’ का लागि १३१४ परियोजना प्रारम्भिक सूचीमा

चालु आर्थिक वर्ष २०८१/८२ मा ‘स्टार्टअप उद्यम कर्जा’ का लागि १ हजार ३ सय १४ परियोजना प्रारम्भिक सूचीमा परेका छन् ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कुल ५ हजार १ सय ५८ परियोजनाबाट प्रारम्भिक सूची प्रकाशित गरेको छ ।

प्रारम्भिक सूचीमा परेका परियोजना प्रस्तावकको प्रस्तुतीकरणबाट छनोट भएका आयोजनाले यस वर्ष स्टार्टअप उद्यम कर्जा पाउने छन् ।

प्रतिष्ठानका अनुसार पुस २८ देखि हरेक दिन चार चरणमा प्रस्तुतीकरण हुनेछ । प्रस्तुतीकरणका बेला उद्यम/व्यवसायको तस्वीर र दृष्यसमेत खिचेर १ मिनेट बराबर भिडियो अनिवार्य लिनुपर्ने गरी तोकिएको छ ।

प्रस्तुतीकरणमा आफ्नो परियोजनामा कुन पक्षमा नवीनतम सोच राखिएको छ भन्नेबारे स्पष्ट पार्नुपर्ने भएको छ । परियोजनाबाट उत्पादित वस्तु र सेवा बिक्रीको बजार सम्भावना, कच्चापदार्थ र त्यसको आपूर्ति, उपलब्ध पूर्वाधार, हालको रोजगारी र सिर्जना हुने संख्यासहित विवरण राख्नुपर्ने भएको छ ।

चालु आवमा स्टार्टअप कर्जा कार्यक्रमका लागि सरकारले १ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यस कार्यक्रम मार्फत ३ प्रतिशत ब्याजदरमा विनाधितो कर्जा प्रवाह गर्ने योजना छ ।

तोकिएको दिन प्रस्तुतीकरणमा उपस्थित हुन नसके अर्को व्यवस्था नहुने समेत प्रतिष्ठानले जनाएको छ । प्रस्तुतीकरणमा प्रस्तावक स्वयं उपस्थित हुनुपर्ने छ । त्यसबेला व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान/भ्याटको सक्कल प्रमाणपत्र, कर चुक्ताको सक्कल प्रमाणपत्र र नागरिकता आवश्यक पर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

‘स्टार्टअप उद्यम कर्जा’ का लागि १३१४ परियोजना प्रारम्भिक सूचीमा