कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास
कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास कैलाली जिल्लाको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शनिबार शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । उनले उक्त आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोगका लागि सबैमा अपिल गरिन् । ‘काठमाडौंको चन्द्रागिरिसहित नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आईएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु, यहाँहरूको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार…