भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा केहि समाचार पोर्टलहरूमा
इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम सुरक्षित नभएको जस्ता भ्रामक र
आधारहीन समाचारहरू प्रकाशित भएका छ । यस्ता भ्रामक समाचारको पछि नलाग्न
आफ्ना ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको छ । केही अनलाइन
समाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी
प्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जना
भएकोमा इसेवाको गम्भीर आपत्ती रहेको छ ।
इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टम प्रणालीलाई
लिएर कुनै कमी नराखेको समेत आफ्ना ग्राहक बर्गलाई जानकारी गरेको छ । आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास
गर्न इसेवा आग्रह गर्दछ । इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित
रहेकोमा इसेवा विश्वस्त पार्न चाहन्छ । इसेवा कम्पनी को भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह