नेपाल टेलिकमले गर्यो जनहितका लागि सुचना
नेपाल टेलिकमले गर्यो जनहितका लागि सुचना नेपाल टेलिकमको नाम र लोगोसहित 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नाम दिएर पुरस्कार दिने दाबी गर्दै सामाजिक सञ्जालमा स्पाम लिङ्क फैलिरहेको पाइएको छ ।यस्ता लिङ्कहरूमा भाइरस हुने सम्भावना धेरै हुन्छ । यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको पासवर्ड लगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन् । यसबाट बच्न उक्त शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् र साथीहरुलाई पनि नपठाउनुस ।नेपाल टेलिकमले सुचना जारी गरेको छ ।