राजविराज विमानस्थलबाट रात्रिकालीन उडान

राजविराज विमानस्थलबाट रात्रिकालीन विमान सेवा सञ्चालनका लागि परीक्षण उडान गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार एक कार्यक्रमबीच परीक्षण उडान सुरुवात गरेका हुन् ।
राजविराजबाट काठमाडौं रात्रिकालीन विमान सेवा सञ्चालनबाट पर्यटनको विकास हुनुका साथै अर्थतन्त्र पनि बलियो हुने मन्त्री पाण्डेको भनाइ छ । भविष्यमा राजविराज–पोखरा विमान सञ्चालन गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए । ‘राजविराजवाट पोखरा विमान संचालनमा आए यसले पर्यटन विकासका साथै अर्थतन्त्रमा पनि टेवा पुग्नेछ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1